सरकारले १ सय १० वटा कानून परिमार्जन गर्दै

काठमाडौं । सरकारले एकैपटक १ सय १० वटा कानून परिमार्जन गर्ने भएको छ । 

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब १ सय १० वटा कानून एकैपटक परिमार्जन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको छ । 

उक्त विधेयकको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगेको छ भने मन्त्रिपरिषद्बाट विधेयकको मस्यौदा आएपछि संसद सचिवालयमा दर्ता हुन्छ ।

यसअघि पनि कानून मन्त्रालयले ५६ वटा कानूनलाई समेट्ने गरी नेपाल ऐन संशोधन गर्न बनेको विधेयक ल्याएको थियो ।

उक्त विधेयक संसदीय प्रक्रियामा गइसकेको छ भने १६ वटा विधेयक मन्त्रिपरिषदमा पेस गर्ने गरी विषयगत मन्त्रालयमा पठाइएको छ । बाँकी १८ विधेयक कानून मन्त्रालयमै छलफलमा रहेका छन् ।

मन्त्रालयका एक अधिकारीले भने, ‘यस विधेयकले संविधानअनुसार परिमार्जन गर्नुपर्ने धेरै कानूनहरुलाई समेटेको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?