साथीको हत्या गरी फरार व्यक्ति १७ वर्षपछि पक्राउ

काठमाडौं – 

१७ वर्षअघि पेप्सीकोलामा साथीको हत्या गरी फरार  एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका ३५  बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी साथीको हत्या गरी फरार श्रेष्ठ पक्राउ परेका हुन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले गत आइतबार काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ विकास समिति ३ घर भएका जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?