बुधबार १९ मङ्सिर, २०७५ Wednesday, 19 June, 2019

सहमतिमा यौनसम्पर्क, फाइदा नदेखेपछि बलात्कार ?

नाना कि नियत दोषी ?

घटना २६ वर्ष पुरानो हो । 

इटालीका ४५ वर्षे ‘ड्राइभिङ इन्स्ट्रक्टर’ माथि बलात्कारको आरोप लाग्यो । आरोप लगाउने १८ वर्षे युवतीलाई उनैले ड्राइभिङ सिकाउँदै आएका थिए । सिकाइका दौरान उनले करिब एक घण्टासम्म युवतीलाई बलात्कार गरेको र यस बारेमा कसैलाई सुनाएमा उसको हत्यासमेत गर्ने धम्की दिएका थिए ।


ADVERTISEMENT

तर, युवतीले आफूसँग भएको घटना परिवारलाई सुनाइन् । परिवारले पनि तत्कालै प्रहरीमा उजुरी दियो । ती ड्राईभरमाथि लागेको आरोप करिब साँचो सावित भइसक्दा घटनामा ‘ट्वीस्ट’ आयो ।

जबजब महिलामाथि यौन दुव्र्यवहार हुन्छ, उसले लगाएको कपडा स्वतः विवादमा तानिन्छ । दुव्र्यवहारमा परेका वा बलात्कृत महिलामाथि पोखिने कैयौं थान प्रश्नमध्ये ‘घटना हुँदा के लगाएको थियौ ?’ पनि एक हो । प्रश्नलाई बेतुक भन्ने धेरै छन् तर, जायज मान्नेको पनि कमी छैन । 

अभियुक्तले सो घटना बलात्कार नभइ आपसी सहमतिमा भएको बताए । आफ्नो तर्कलाई प्रष्ट्याउन उनले युवतीले घटना हुँदा लगाएको कपडा को सहारा लिए । उनको तर्क थियो ‘युवतीले लगाएको टाइट जिन्स आफ्नो एकल प्रयासमा खोल्न सम्भव नभएकाले उनले नै मलाई कपडा खोल्न मद्दत गरिन् ।’ 

सर्वोच्च अदालतले यही तर्कको आधारमा अभियुक्तमाथि लागेका सबै आरोप खण्डन गरिदियो । 

यो फैसला बेतुक भएको आरोपमा इटालीका महिला सांसद ‘जिन्स’ लगाएरै सदन प्रवेश गरे र विभिन्न ‘प्लेकार्ड’ प्रदर्शन गर्दै संसद अवरुद्ध गरे । यो घटना देशभर आगोसरि फैलियो । घटनाले इटालीमा व्यापक विरोधको झिल्का सल्काइदियो । अन्ततः सर्वोच्च आफ्नो फैसला फिर्ता लिन बाध्य भयो । 

समय बदलियो तर, दृश्य बदलिन सकेको छैन । घटनाक्रम पुरानो भएपनि व्यथा अझै उही । 

(प्रतीकात्मक चित्र)

जबजब महिलामाथि यौन दुव्र्यवहार हुन्छ, उसले लगाएको कपडा स्वतः विवादमा तानिन्छ । दुव्र्यवहारमा परेका वा बलात्कृत महिलामाथि पोखिने कैयौं थान प्रश्नमध्ये ‘घटना हुँदा के लगाएको थियौ ?’ पनि एक हो । प्रश्नलाई बेतुक भन्ने धेरै छन् तर, जायज मान्नेको पनि कमी छैन । 

एक पक्ष भन्छ ‘महिलामाथि हुने दुव्र्यवहारमा उनीहरुले लगाएको कपडा दोषी’ अर्को भन्छ ‘कपडा होइन दुव्र्यवहार गर्नेको नियत दोषी’ । मध्यस्तकर्ताको भूमिकामा उभिने पनि नभएका होइनन् । तर, विवादले निकाश पाउन सकेको छैन । 

अनुसन्धानलाई सहज बनाउन घटनामा संलग्नको सूक्ष्म जानकारी लिइ सत्यतथ्य केलाउने प्रयास गलत नहोला तर, पीडितले लगाएको पहिरनलाई धेरथोर घटनाको ‘कारक’ मान्नु कति हदसम्म सही हो ? ‘बलात्कार हुँदा के लगाएको थिइस् ?’ भन्ने प्रश्न कतिको सान्दर्भिक छ ? यही विषयलाई लिएर हाम्रो समाजमा दुई पक्षका मत भाँजिएका छन् । एक पक्ष भन्छ ‘महिलामाथि हुने दुव्र्यवहारमा उनीहरुले लगाएको कपडा दोषी’ अर्को भन्छ ‘कपडा होइन दुव्र्यवहार गर्नेको नियत दोषी’ । मध्यस्तकर्ताको भूमिकामा उभिने पनि नभएका होइनन् । तर, विवादले निकाश पाउन सकेको छैन । 


के भन्छन् मनोविद्, नेता र सामाजिक अभियान्ता ?

बलात्कार वा कुनै किसिमको यौन दुव्र्यवहारमा परेका पीडितलाई घटना हुँदा लगाएको पहिरनको बारेमा सोध्नु ‘वाहियात’ भएको विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको भनाइ छ । ‘अनुसन्धान’मा मद्दत पु-याउने आडमा आफ्नो काममा भइरहेको ढिलासुस्तीलाई ढाकछोप गर्न प्रहरीले यस्ता प्रश्नहरुको सहायता लिने उनले बताइन् ।

‘मेरो विचारमा महिलाको पहिरनलाई यौन दुव्र्यवहार वा बलात्कारसँग जोड्नु मूर्खता हो’, उनी भन्छिन्, ‘यो फगत अनुसन्धानकर्ताहरु पानीमाथिको ओभानो बन्ने मेलो हो’।

त्यस्तै केही समय अघि माइतीघर मण्डलामा कालो पेटिकोट लगाएर ‘बलात्कारीलाई फाँसी दे’ भन्दै विरोध प्रदर्शन गरेर एकाएक चर्चामा आएकी सामाजिक अभियान्ता सावित्री सुवेदी भन्छिन्, हामी नाङ्गै हिँड्दासमेत बलात्कार गर्ने अधिकार छैन पुरुषलाई’।

‘पुरुषभन्दा ६ गुणा बढी यौनइच्छा हुन्छ महिलालाई तर, खै हामीले बलात्कार गर्दै हिँडेका छौं ?’ उल्टै प्रश्नको वाण हान्दै उनले थपिन्, ‘हामी यस्तो गर्दैनौं किनकी हामीले आफ्नो मर्यादा बुझेका छौं’।उनका अनुसार लिङ्गका आधारमा भन्दा पनि ‘मान्छे’ भएको नाताले हरेकले आफ्नो इच्छाअनुसारको लुगा लगाउन पाउनुपर्छ । 

त्यस्तै यस विषयमा मनोविद् करुणा कुँवरको विचार पनि खासै फरक छैन । आफ्नो विचारलाई स्पष्ट पार्ने क्रममा उनले ढुङ्गे युगको प्रसङ्ग जोडिन् । त्यसताका हाम्रा पुर्खा नाङ्गै घुम्थे !

विस्तारै, ‘चेतना’ विकास हुने क्रममा हामीले यौनाङ्गमा ‘लाज’ लुकायौं र त्यसलाई कपडाले ढाक्यौं । अतः ‘कपडा लाज छोप्ने साधन हो । छोपिएको भाग ‘हेर्नु हुँदैन’ ।’ यही मान्यताले शीलबन्द छ हाम्रो मानसिकता । 

तर, ‘नगर्’ भनेको काम गर्न मन लाग्नु आम मानव प्रवृत्ति भएको मनोविद् कुँवर बताउँछिन् ।

‘मान्छेले प्रतिबन्धित कुरा के होला, कस्तो होला भनेर बुझ्न चाहनु स्वभाविक हो’, उनले थपिन्, ‘लुकाइनुपर्छ भनिएको अङ्ग ‘एक्स्पोज’ हुँदा पुरुषहरु आकर्षित हुन्छन् तर, यही कारण बलात्कार हुने होइन ’। 

‘बलात्कारीले आफ्नो यौन कुण्ठा मेटाउनलाई जो भेट्यो उसलाई बलात्कार गर्छ’, बलात्कारीको मानसिकताको बारेमा कुँवर भन्छिन्, ‘ उमेर, पहिरन केहीको वास्ता राख्दैन बस् केटी भए हुन्छ उसलाई’।

***

एकातिर, महिला राजनीतिज्ञ, अधिकारकर्मी, मनोविद् तथा सामाजिक अभियान्ताहरुले पहिरन र बलात्कारबीच दुई धु्रव जतिकै दूरी देखाइरहँदा अर्कातिर, ‘यसको मतलब नाङ्गै हिँड्न नि पाउनुपर्ने हो ?’ भन्ने खालका विरोधाभास गराउने प्रश्न पनि तेर्सिरहेका छन् ।

तर, यस्तो प्रश्न गर्नेहरुले १३ वर्षे निर्मला पन्तको बलात्कारको दोष केलाई दिन्छन् ? उसले लगाएको खैरो सुरुवाललाई जसले उसको कुर्कुच्चा छुन्थ्यो ?  या पूरा बाहुला भएको रातो टि सर्ट, जसले उनकोे नाडी छुन खोज्थ्यो ? यही वर्षको ज्येष्ठ नागरिक दिवसमा बलात्कृत डोटीकी ७४ वर्षीय वृद्धाको फरियालाई पनि समाजले ‘उच्छृङ्खल’ कै संज्ञा दिन्छ हो ? बुर्का लगाउने देशमा पनि नारी कहाँ सुरक्षित छन् र ? यी अहिलेका साझा र सान्दर्भिक प्रश्न हुन् ।

(प्रतीकात्मक चित्र)

तर पहिरनमा पहिचान खोज्न मिल्दैन भन्ने विचार भएका यस्ता महिलाहरुको अपवादमा कोही यस्ता महिला पनि छन् जसले खुलेरै यस विचारको आलोचना गरेका छन् । गर्छन् । यस्तै अभिव्यक्ति राखेर विवादमा मुछिएकी एक महिला हुन्, सुजेन ब्राउनमिलर ।

उनी आफ्नो महिलावादी पुस्तक ‘अगेन्स्ट आवर विल : मेन, वुमन एण्ड रेप’(सन् १९७५) का लागि प्रख्यात छिन् । आफ्नो पुस्तकमा बलात्कृत महिलाको बारेमा वकालत गरेकी सुजेनले पुस्तक लेखेको ४० वर्षपछि एक कार्यक्रममा भनिन् ‘आजकल महिलाहरु आफ्नो इच्छा अनुसारको पहिरन लाउन पाउनुपर्छ भन्ने माग राख्छन् । भन्छन् ‘पहिरनले फरक पार्ने होइन’ तर, बलात्कार गर्ने मानसिकता भएकाहरुलाई फरक पर्छ ।’

यही अभिव्यक्तिका कारण केही समय उनी इन्टरनेटमा निकै ‘आलोचित’ समेत हुनुप-यो । 

अतः दुई पक्षमा भाँजिएका विचारहरुको यो द्वन्द्व शायदै कहिल्यै टुंगिएला । त्यसैले, सचेत होऔं । सोच बदलौं । शिक्षा दिऔं । चेतना जगाऔं । संस्कार सिकौं, सिकाऔं । अपराध गर्नेलाई कानूनी कठघरामा उभ्याऔं । पहिरनमा पहिचान नखोजौं । जिम्मेवारी बोध गरौं । किंकर्तव्यविमुख नबनौं । 

हुन त आनीहरुलाई समेत यौन दुव्र्यवहार गर्ने ‘बुद्ध’ भनौदाहरुको देशमा लुगालाई मात्रै दोष दिनु ‘अल्पज्ञानम् भयंकरम’ भन्ने भनाइको पराकाष्ठा पो हो कि ?

यो पनि पढ्नुहोस् : बहसमा बलात्कारीलाई मृत्युदण्ड : कुन देशमा कस्तो सजाय ?

यो पनि पढ्नुहोस् : विज्ञापनदेखि ‘आइटम गीत’सम्म किन नङ्ग्याइन्छ महिलालाई ?

Leave a comment