वासिङ्टन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जाएका हुन् ।
मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उनले यमन युद्ध, सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने तयारी र अरबी पत्रकार जमाल खशोग्जीको हत्याका बारेमा छलफल हुने भएको छ ।
आठ दिने भ्रमणका लागि पोम्पेओ आउदो मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जनाएका छन् ।
उनले अमान, कायरो, मानामा, अबुदाबी, दोहा, रियाद, मुस्कट र अन्त्यमा कुवेत सिटीको भ्रमण गरेका हुन् । विदेश मन्त्री पोम्पेओको भ्रमण तालिका अधिकारीहरुले शुक्रबार तय गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको झण्डै दुई हप्तापछि विदेश मन्त्री पोम्पेओले ती देशहरुको भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा उनले कायरोमा महत्वपूर्ण सम्वोधन गर्ने कार्यतालिका समेत रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया