अचानक किन जाँदैछन् परराष्ट्रमन्त्री ज्ञवाली भारत ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जाँदैछन् । 

रायसिना सम्वादमा सहभागी हुन बिहीवार मन्त्री ज्ञावली भारतको नयाँ दिल्ली जान लागेका हुन् । 

अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयको सहकार्यमा रासयिना संवादको आयोजना हुँदै आएको छ । यो संवादको चौथो संस्करण हो । 

चौथो संस्करणको यो कार्यक्रमको विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय भएको छ ।

मन्त्री ज्ञावलीले चौथो संस्करणको यो कार्यक्रम उक्त विषय ‘अ वर्ल्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’मा आफ्नो धारणा राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग छलफल गर्ने पनि बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?