प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । 

बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जापनी विदेशमन्त्री कोनोबीच भेटवार्ता भएका हुन् । 

भेटवार्तामा दुई देशबीच द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।  

त्यस्तै बुधवार बसको मन्त्रीस्तरीय बैठकमा दुई देशबीच करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न सहमति भएको थियो । मन्त्रीस्तरीय बैठक

मा सहभागी हुन १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोनो  बुधवार नेपाल आएका थिए ।  

कोनोले अब राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?