काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।
बिहीवार बिहान शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई जापानी विदेशमन्त्री कोनाले भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक हितलगायत विषयमा छलफल भएको राष्ट्रपति निवास सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा जापानी राजदूत मासामिचि साइगोको पनि उपस्थिति रहेको थियो ।
यस अघि जापानी विदेशमन्त्री कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीच द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
त्यस्तै बुधवार बसेको मन्त्रीस्तरीय बैठकमा दुई देशबीच करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न सहमति भएको थियो ।
मन्त्रीस्तरीय बैठकमा सहभागी हुन १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोनो बुधवार नेपाल आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया