रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा पनि प्रहरीको छापा, दुई जना नियन्त्रणमा

सिन्धुली । तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । 

सिन्धुली प्रहरीको सहायतामा आश्रमबाट महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादुर स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । 

बम्जन आश्रमबाट बेपत्ता भएका र आनिहरुलाई बलात्कार गरेको समेत आरोप रामबहादुर बम्जनमाथि लागेपछि सिन्धुपाल्चोक आश्रममा छानबिन पश्चात प्रहरी टोली सिन्धुलीस्थित आश्रममा पुगेको हो ।

प्रहरी नायब उपरीक्षक विमल कँडेलको नेतृत्वमा प्रहरीको टोली सिन्धुली आइपुगेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवका अनुसार केही सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिएका छौँ । विस्तृत विवरण सोधपुछपछि मात्र थाहा हुने उनले बताए । 

प्रहरीले सिन्धुली आश्रममा छानबिन शुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा (महिलालाई आनी तथा पुरुषहरुलाई मेमे भनिन्छ) कौतुहलता छाएको छ ।

प्रहरीले सिन्धुली आश्रममा छानबिन शुरु गरेसँगै त्यहाँ रहेका आनी तथा मेमेहरुमा (महिलालाई आनी तथा पुरुषहरुलाई मेमे भनिन्छ) कौतुहलता छाएको छ ।

कमलामाई नगरपालिका–८ को पैरेमा करिब ४२ बिगाहा जमीनमा बम्जनको आश्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?