यस्तो छ राष्ट्रपतिदेखि कर्मचारीसम्मको २१ थरीका मर्यादाक्रम (सूचीसहित)

काठमाडौं– सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ । 

मन्त्रिपरिषद्को बैठकले मर्यादाक्रमको टुंगो लगाएको हो ।

यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको छ । 

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । 

यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौ मर्यादा रहनेछ । 

मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपत्रअंंकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?