पृथ्वी जयन्तीमा बिदा दिने निर्णय

नेपालगन्ज–नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?