रवी वडले बाँडे अमेरिका निवासी मदन कठायतले बालबालिकाका लागि पठाएको न्यानो कपडा

कैलाली– अमेरिका निवासी मदनराज कठायतले लुम्की चुहा नगरपालिका १ स्थित मुक्तकमैया बस्तीका ६२ जना बालबालिकाहरुको लागि पठाएको न्यानो कपडा वितरण गरिएको छ ।
बिहीबार नेपाल आइडल सिजन २ का विजेता रवी वडले कठायतले पठाएको सो न्यानो कपठा वितरण गरेका हुन् ।

वड काठमाडौबाट यही कार्यक्रमका लागि भनेर सुदुरपश्चिम आएका थिए । सो क्रममा उनले आमाको सम्झनामा निर्माणाधीन नमुना अध्ययन गृहलाई ३० हजार  रुपैयाँ सहयोग समेत गरे ।

 मुक्तकमैया बस्तीमा  निर्माणाधीन नमुना अध्ययन गृहलाई रवीमात्रै नभएर देशविदेशमा रहेका धेरै नेपालीले सहयोग गरेको नमुना अध्ययन गृह अभियानका  अध्यक्ष जनक सुनारले जानकारी दिए ।

मुक्तकमैया बस्तीका बालबालिकाको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न  नमुना अध्ययन गृह निर्माण गर्न लागिएको उनको भनाई छ । अध्ययन गृह निर्माणको अन्तिम चरणमा रहेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?