कस्तो छ डा. केसीको स्वास्थ्य ?

काठमाडौं । इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ । उनमा शरीरमा पसिना आउने र छाती दुख्ने समस्या देखिएको हो ।

शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए । डाक्टरहरुका अनुसार केसीको रक्तचाप कम हुँदै गएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरे पनि डा केसी ले सुगर चेक गर्न भने दिएनन् । 

डा. केसी इलामको फूलगाछीमा १६ औं सत्याग्रहमा बसेको आज तेस्रो दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?