पृथ्वीनारायण शाहको योग्दान बिर्सिनु हुँदैन : लोहनी

काठमाडौं । एकिकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहको योग्दान बिर्सिन नहुने बताएका छन् । 

शुक्रवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लोहनीले सामाजिक, आर्थिक र राष्ट्रियताका सवालमा शाहले दिएका सन्देशलाई अनुशरण गर्न नसक्दा नै वर्तमान समस्या सृजना भएको बताए । 

त्यस्तै राष्ट्रका पहिचान मासेर गरेको राजनीति दिगो र जनतामुखी हुन नसक्ने बताउँदै  उनले भने, ‘राष्ट्र निर्माताको योगदाननै बिर्सिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तथा शीर्ष राजनीतिक दलहरु जनतामा भ्रम छर्न उद्दत रहेका छन् ।’ 

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बोल्दै उनले मुलुकमा जुनसुकै व्यवस्थाको शासन आएपनि शाहलाई नेशनल फादरका रुपमा सम्मान गर्नुपर्ने बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?