राष्ट्रियसभामा ज्येष्ठ नागरिक सम्बन्धी ऐन दर्ता, यस्तो छ प्रस्तावित विधेयक

काठमाडौं । सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन प्रस्ताव राष्ट्रियसभामा दर्ता गरेको छ । 

सार्वजनिक पद धारण गरेका तथा नियमित रूपमा पारिश्रमिक बुझ्ने व्यक्तिले आमाबाबुका लागि मासिक निश्चित रकम जम्मा गर्नुपर्ने प्रावधान थप गर्दै ऐन संशोधन प्रस्ताव राष्ट्रियसभामा दर्ता गरेको हो । 

उक्त प्रस्तावित विधेयक पारित भएमा अब छोराछोरीले आमाबाबुका लागि निश्चित रकम मासिक रूपमा बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । तर, उक्त विधेयकले कति रकम जम्म गर्नुपर्ने उल्लेख भने गरेको छैन ।  

उक्त प्रस्तावित विधेयक पारित भएमा अब छोराछोरीले आमाबाबुका लागि निश्चित रकम मासिक रूपमा बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । तर, उक्त विधेयकले कति रकम जम्म गर्नुपर्ने उल्लेख भने गरेको छैन ।  

पारिश्रमिक जम्मा सम्बन्धि व्यवस्थाका लागि नियमावली तथा निर्देशिका बन्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ । 

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ८ हेरफेर गरी सो व्यवस्था थप गर्न लागिएको हो । दफा ८(क) थप गर्न गरिएको प्रस्ताव अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुको नाममा बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्ने हुन्छ ।

यस्तै, अन्तर्राष्ट्रिय सघंसंस्था, निजी संस्थाबाट नियमित पारिश्रमिक लिने व्यक्तिले पनि मासिक निश्चित पारिश्रमिक आमाबाबुको नाममा बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ ।

तर, नियमित रूपमा पारिश्रमिक लिइरहेका, निवृत्तिभरण पाइरहेका वा स्वरोजगार रहेको आमा बाबुको हकमा भने रकम जम्मा गर्नु नपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ।

यसैगरी सार्वजनिक पद धारणा गरेका तथा अन्तर्राष्ट्रिय तथा निजी कम्पनीमा कार्यरत कर्मचारीले ऐन कार्यान्वयनमा आएको १५ दिनभित्र पारिश्रमिक जम्मा गर्नुपर्ने वा नपर्ने जानकारी सम्बन्धित कार्यालयमा लिखित रूपमा नै दिनुपर्ने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?