दुर्घटनामा परि अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा सवारी दुर्घटनामा परि एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवन भरतपुरका सुजन दाहाल रहेको प्रहरी जनाएको छ । 

बिहीवार साँझ कामबाट फर्कने क्रममा सिड्नीस्थित ओलङ्गनमा सडकमा रोकि राखेको ट्रकमा उनले चलाएको कार ठोक्किएको हो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया पुगेका उनी न्यू साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे ।

क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी गराइएको छ । 

दूतावासले आवश्यकता अनुसार सहयोग गर्ने जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?