विराटनगरमा मोवाइलको ब्याट्री पड्किदा एक बालकको मृत्यु, बालिका घाइते

विराटनगर । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । त्यस्तै अर्का एक बालिका पनि घाइते भएकी छिन् ।

शुक्रवार दिउँसो मोवाइलको ब्याट्री पड्किंदा सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । 

विस्फोटमा परि स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

विस्फोटबाट गम्भरि घाइते भएका अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको दुवै आँखामा चोट लागेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार निर्माणाधीन घरमा आगो बालेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको  र सोही ब्याट्री पड्किएको हुनसक्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?