हवाई भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडाैं । नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।

एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकले आन्तरिकतर्फ १८५ देखि ३४५ रुपैयाँसम्म घटाउने निर्णय गरेकाे वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले बताए । 

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो । 

नयाँ हवाई भाडा यस्तो छ :

माउण्टेन फ्लाइट   ११,३००/- रुपैयाँ
काठमाण्डौ–पोखरा   ५०५०/- रुपैयाँ
काठमाण्डौ–भरतपुर   ३६५०/- रुपैयाँ
काठमाण्डौ–विराटनगर  ७५५०/- रुपैयाँ
काठमाण्डौ–जनकपुर  ४३००/- रुपैयाँ
काठमाण्डौ–सिमरा    ३१२०/- रुपैयाँ
काठमाण्डौ–भैरहवा    ६२००/- रुपैयाँ
काठमाण्डौ–धनगढी   १२,६५०/- रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज    १०,०००/- रुपैयाँ
काठमाण्डौ–भद्रपुर    ९१००/- रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार   ६,०००/- रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?