धराप बन्दै राजमार्गका पुल

 महोत्तरी – महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ।
तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

जीर्ण सडकका कारण यात्रुहरुले सास्ती खेप्नुपरिरहेको छ भने सडकमा र पुलपुलेसामा गरिएको अर्बौं लगानी खेर जाने सम्भावना बढ्दै गएको छ। उल्लिखित तीन नगरपालिकाकाले जिल्लामा बग्ने नदीहरूबाट बालुवा, गिट्टी र ढुंगालगायत नदीजन्य सामग्री खन्ने ठेक्का सम्झौता गरी अनुमति दिएपछि अहिले पुल, जंगल क्षेत्र, ग्रामीण बस्ती, खेतियोग्य जग्गा र खोलाको मुख्य बहाव क्षेत्र जताततै उत्खननको क्रम ह्वात्तै बढेको छ। किसाननगरमा पर्ने रातु खोला र पशुपतिनगरमा पर्ने रातु खोलामा अहिले दिनरात ठूल्ठूला एक्साभेटर प्रयोग गरेर ढुंगा, बालुवा, गिट्टी खन्ने कामले तीव्रता पाएको हो। आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?