हत्या आरोपमा दुई जना कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला-४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो ।

गोलीसहित रिभल्वर फेला 

ताप्लेजुङ प्रहरीले तीन राउन्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका-७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो ।

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?