बीपीएलमा सन्दीपको तेस्रो खेल आज, कस्तो रहला प्रदर्शन ?

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको तेस्रो खेल आज खेल्दैछ । 

ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले ढाका डाइनामिकसंग प्रतिस्पर्धा गर्दैछ ।  खेल नेपाली समय अनुसार बेलुका ६ बजे सुरु हुनेछ । 

ढाकाविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स लगातार दोस्रो जितको खोजीमा हुनेछ।  पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित सन्दीपको टिम सिक्सर्सले दोस्रो खेलमा चितागोङ भीकिङसलाई हराएको थियो । 

सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर पाँचौ स्थानमा छ । ढाका ६ अंक जोडेर शीर्ष स्थानमा छ । यस्तै बीपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप तेस्रो खेलमा समेत सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?