प्रधानसेनापती थापालाई भारतीय सेनाको मानार्थ महारथी

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जयानी चिन्ह प्रदान गरिएको छ । 

शनिवार भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ ।

भारत भ्रमणका लागि शुक्रवार भारत गएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?