खप्तडमा हिउँ फूल ! (फोटोफिचर)

काठमाडौं । ‘भू-स्वर्ग’को उपमाले चिनिएको खप्तड यतिबेला सेताम्मे छ ।

चिसो मौसम अर्थात दिउँदमा भारी हिमपात हुने यस क्षेत्रमा अहिले जताततै सेतो मात्र देखिन्छ । वर्षायामका हरिया दलदले फाँटहरु पनि हिउँदे याममा सबै एकैनास देखिने गरेका हुन् ।

२७ सयदेखि ३२ सय फिट उचाइसम्म रहेको रहेको खप्तड क्षेत्रमा मंसिर, पुस, माघ, फागुन र चैतको पहिलो हप्तासम्म पनि हिउँले सेताम्य मै देखिन्छ ।

खप्तड भनेपछि सुदूर पश्चिम, सुदूर पश्चिम भनेपछि खप्तड ! एकले अर्कालाई यसरी चिनाएका छन् । दुईटैको परिचय एक साथ जोडिएर आउँछ ।

खप्तड साच्चिकै सुन्दर छ, मनमोहक छ र रमणीय पनि । खप्तडमा पुग्ने जो कोही खप्तडलाई भू-स्वर्गको संज्ञा दिन चुक्दैनन ।

स्थानीय भाषामा ‘२२ पाटन, ५२ झोती’ भनिने खप्तड सुन्दरताको मोतीका रुपमा पनि चिनिन्छ । 

ओझेलमा परेका कारण पर्यटक आगमन न्यून रहेको खप्तड पछिल्लो समयमा भने बिदेशीको समेत रोजाईमा पर्न थालेको छ ।

खप्तड जादा यात्रा केही कठिन भएपनि खप्तड पुगेपछि भने मान्छे पीडा, कष्ट, थकान सबै बिर्सिन्छ । 

खप्तड छ नै यस्तो, खप्तडको सुन्दरताका अगाडि मान्छे सबैथोक बिर्सिन्छ । खप्तडको विशेषता नै यही हो ।

हिउँदमा बुकी फुल होईन, हिउँ फूल्छ खप्तडमा । 


तस्बिर : दीर्घराज उपाध्याय 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?