फुल्चोकीको जंगलमा हराएका १६ किशोरकिशोरीको उद्दार

काठमाडौं । प्रहरीले ललितपुरको फुल्चोकीको जंगलमा हराएका ४ किशोरीसहित १६ जना युवाको उद्दार गरेको छ । 

ललितपुरको गोदावरी–३, फुल्चोकीको जंगलमा घुम्न गएका उनीहरु शनिवार साँझदेखि हराएका थिए । उनीहरुको गएराति नै प्रहरी उद्दार गरी अभिभावकको जिम्मा लगाएको थियो । 

उनीहरुले हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर गरेपछि उद्दार गरिएको हो ।

ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालका अनुसार उनीहरुलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचबाट उद्दार गरिएको थियो ।

ललितपुर परिसरसहित सातदोबाटो वृत्त र प्रहरी प्रभाग, बाडेगाउँसहितबाट गरी ७ वटा भिन्दाभिन्दै टोली खोजी तथा उद्दारमा परिचालित गरिएको एसपी खनाल बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?