डायरी निकालेरै बित्छ अनुसन्धान महाशाखाको दिन

काठमाडौं– संघीय संसद् सचिवालयमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका महत्वपूर्ण दिनहरू सांसदको टेलिफोन डायरी मात्रै निकालेर बित्ने गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

संसदीय गतिविधि, अन्तर्राष्ट्रिय अभ्यास र कानुनबारे अध्ययन गर्ने उद्देश्यले स्थापित उक्त महाशाखा के गर्ने भन्नेमा आफैँ अलमलमा परेको छ ।
अध्ययन अनुसन्धान महाशाखा भनिए पनि अहिलेसम्म कुनै अध्ययन र अनुसन्धान गरेको पाइएको छैन । तर कहिलेकाहीँ संसद्मा महिला सहभागितालगायतका पुस्तक निकालेको सम्बद्ध व्यक्तिहरू बताउँछन् ।

महाशाखाका सहसचिव घनिन्द्रराज चिमौरियाले प्रशस्त बजेट नहुँदा कामै गर्न नसकिएको बताए । संसद् सचिवालयले संसदीय संग्रहालय बनाउने योजना गरेको भए पनि अहिलेसम्म कहाँ र कस्तो बनाउने भन्ने टुंगो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?