‘व्यापारी अजेयराज सुमागीबाट पैसा फर्काउनु’

काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीले निकासा गरिसकेको रकम फित्र्याउन राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई निर्देशन दिएको छ ।
आफ्नो अन्तरिम आदेश सच्याउँदै सर्वोच्च अदालतले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन गत २४ गते अर्को आदेश जारी गरेको थियो ।

उक्त आदेश जारी गरेको पाँचौं दिन आइतबार राष्ट्र बैंकले सुमार्गीको खाता रहेको इन्भेस्टमेन्ट बैंकलाई उक्तरकम फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले सर्वोच्चको पत्र आइतबार प्राप्त भएको र त्यसैका आधारमा आदेश कार्यान्वयनका लागि इन्भेस्टमेन्टबैंकलाई निर्देशन दिइएको बताए ।

मुक्तिश्री सिमेन्टका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेको भनी राष्ट्र बैंकले करिब ५ वर्षदेखि रोक्का राखेको रकम यही पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले खुला गरिदिएको थियो । उक्त आदेशपछि सुमार्गीले ७.५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) झिकेर अर्को बैंक खातामा राखेका छन् ।  आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?