यी हुन् छाया मन्त्रीका दाबेदार

काठमाडौं–सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो । प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न कांग्रेसले ६३ सांसदको नामसहितको फाराम २४ पुसदेखि दलको कार्यालय सिंहदबार र संसद् भवन बानेश्वरमा राखेको छ । कांग्रेसले मन्त्रालयगत संयोजक र तीनजनासम्म सदस्य बनाएर छाया सरकार चलाउने तयारी छ ।नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?