देउवाले भने- ‘म माथि अन्याय भयो! वाइडबडी घोटालामा ओली-प्रचण्ड दोषी’

धनगढी । नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज घोटाला प्रकरणमा आफ्नो कुनै पनि सलग्नता नरहेको दावी गरेका छन ।

आज बिहान नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बौल्दै सभापति देउवाले वाइडबडी प्रकरणमा आफ्नो नाम जोडेर आफूमाथि अन्याय भएको जिकिर गरे । 

‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए,’ उनले भने, ‘त्यहिबेला जहाज खरिदका लागि भुक्तानी दिईएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन ।’ 

‘१८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु ? कसरी थाहाँ पाउनु ? भन्दै देउवाले प्रश्न गरे, ‘यदि मैले मन्त्री स्तरीय निर्णय गरेके भए म दाषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’

उनले वाइडबडी प्रकरणका आफ्नो नभई वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सलग्नता रहेको दावी गरे ।

‘वाइडबडी प्रंकरणमा मेरो हैन, ओली र प्रचण्डको जी को प्रत्यक्ष सलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ ।’ उनले भने । 

सभापति देउवाले काँग्रेस छाया सरकर नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मुल्याङन र निगरानी गर्ने बताए । ‘छाया सरकार छैन, विशेष समिति बनाउछौ । सरकारका कामका बारेमा निगरानी गछौ । त्यसका लागि हामी केही व्यक्तिलाई जिम्मेवारी दिन्छौ ।’ उनले भने । 

देउवाले वर्तमान ओली नेतृत्वको कुरा बढी गरेपनि काम कम गरेको आरोप लगाए । सरकार गठन भएदेखि प्रधानमन्त्री र मन्त्रीले विकास समृद्धीका भाषण धेरै गरेपनि त्यसमा ध्यान नदिएको देउवाको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?