सरकारविरुद्ध आन्दोलनमा जाने अध्यक्ष गजुरेलको चेतावनी

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जन आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन पनि आन्दोलनको जानुको विकल्प नरहेको तर्क गरेका छन् ।

मोर्चाले सरकारविरुद्ध आगामी फागुन ७ गतेबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा पनि गरेको छ । अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको पनि स्पष्ट पारे । 

संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?