एक किलो सुनसहित राजधानीबाट तीनजना पक्राउ

काठमाडौँ–महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले काठमाडौँको इन्द्रचोकमा एक किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले पसलबाट किनेबेच गरिरहेको अवस्थामा आज दिउँसो ५ः३० बजे तीन जनालाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेकाको नाम भने परिसरले गोप्य राखेको छ । पक्राउ परेकाबारे आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?