उपत्यकालाई सुरक्षित बनाउन १५ अर्ब लगानी

काठमाडौं । काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए । उनका  अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

डिआईजी थापाले भन्नुभयो–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पु¥याइने छ । ’ प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?