समायोजन अध्यादेशविरुद्ध सर्वोच्च फेरि अर्को रिट

काठमाडौं – कर्मचारी समायोजन अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रशासन र लेखा समूहका कर्मचारीहरुले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरिसकेको अवस्थामा सोमबार राष्ट्रिय कर्मचारी महासंघ नेपालका महासचिव अमरसिंह ओलीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।  रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।

माथिल्ला र तल्ला कर्मचारीहरुबीच विभेद गरिएको र वृत्ति विकास रोकिने खालको व्यवस्था अध्यादेशमा रहेकाले उत्प्रेषणको आदेश जारी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?