हजारौँको अगाडि चक्कु प्रहार गरी मेयरको हत्या

वार्सवा । पोल्यान्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘उनलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गडाङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भने ।

मेयर पावेल अडमोविजको हत्यापछि देशभरी हिंसाका विरुद्धमा प्रदर्शन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?