चूडामणिको मुद्दामा विशेषले माग्यो एमिकस क्युरी

 काठमाडौं – आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेष अदालत काठमाडौंले एमिकस क्युरी (अदालतलाई सुझाव दिने विज्ञ) झिकाउने आदेश गरेको छ।

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश सोमबार गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ मा १० अर्ब बढीको माग दाबी गर्दै विशेषमा मुद्दा दर्ता गरेको थियो। शर्माको भ्रष्टाचार मुद्दाका विषयमा विशेषज्ञ राय दिन तीनजना विज्ञ अधिवक्ता नेपाल बारले पठाउनुपर्नेछ। अदालतले जटिल र विशेष खालका मुद्दामा एमिकस क्युरी झिकाउने प्रचलन छ।

शर्मा पत्नी यो विषय विशेष अदालतको क्षेत्राधिकारभित्र नपर्ने बताउँदै सर्वाेच्च गएकी थिइन्। त्यसपछि सर्वाेच्चले यो आफनो क्षेत्राधिकारभित्र भए÷नभएको टुंगो लगाउने जिम्मा विशेषलाई नै सुम्पिदियो।

त्यही विषयलाई छलफल गरी टुंगोमा पु-याउन विशेष अदालतले एमिकस क्युरीको राय लिन लागेको हो। ‘कर फस्र्योट आयोगको कुरा विशेषले हेर्न पाउने वा नपाउने विषय उठेको छ’, विशेष अदालतका रजिस्ट्रार भीमप्रसाद श्रेष्ठले भने, ‘यस विषयमा राय लिन नेपाल बार एसोसिएसनबाट एमिकस क्युरी झिकाउने आदेश भएको छ।’ शर्माको मुद्दा जटिल प्रकृतिको भएकाले एमिकस क्युरी मगाइएको श्रेष्ठले बताए। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?