भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान दिने

काठमाडौं । भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो निर्णय सुनाएका हुन् । विभिन्न प्राविधिक कारणले समयमा परिक्षण हुन नसकेका घरहरुलाई समेत अनुदान प्रदान गरिने प्रधानमन्त्री ओलीले बताए ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम हुन नसक्नुमा असन्तुष्ट भएको भन्दै पुननिर्माणको काम स्थानीय प्राविधिकबाट गराउन निर्देशन समेत दिएका थिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?