माघी मनाउँदा टुँडिखेलमा यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । उपत्यका लगायत देशका विभिन्न स्थानमा मकर नुहाएर, लड्डु, कन्दमूल जस्ता परिकार खाएर धुमधामाका साथ माघे संक्रान्ति मनाइँदै छ ।

माघ १ गतेलाई आफ्नो विशेष चाड, माघीका रुपमा मनाउँदै आएका थारु समुदायले पनि आफ्नो भेषभुषामा झाँकी प्रदर्शन गरेर, नाचगान गर्दै रमाइलो गरेर, घुँगी, खिचरी, चिचर लगायत थारु समुदायका विशेष परिकारहरु खाएर मनाइरहेका छन् । 

उपत्यकाका मगर समुदायले पनि उसैगरी हर्षोल्लासका साथ यस पर्वलाई मनाएका छन् ।

आफ्नो मौलिक पोसाक र गरगहनामा सजिएका मगर समुदायले काठमाडौंको भृकुटिमण्डप हुँदै टुँडिखेल परिक्रमा गरेर -याली आयोजना गरेका हुन् । -यालीमा माघे संक्रान्ति राष्ट्रिय पर्व भएकाले सार्वजनिक विदा दिनुपर्ने माग सहितका तुलब्यानर र प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।  

काठमाडौंको टुँडिखेलमा माघी मनाउन जम्मा भएका मगर समुदायको रौनकलाई लोकपथको लेन्सले यसरी कैद गरेको छ :

तस्वीरः कृष्ण थलङ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?