अस्पताल विघटन गर्न खोज्ने सरकारविरुद्ध आन्दोलन गर्छौ : प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोजे सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । 

गृह जिल्ला तनहुँ पुगेका पौडेलले कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोज्ने सरकारी प्रयासविरुद्ध आन्दोलन शुरु गर्ने बताएका हुन् । 

कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा राष्ट्रिय स्तरको श्वासप्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गरेको थियो । तर, ती दुई स्वास्थ्य संस्था केन्द्र सरकार मातहतमा नराखी सरकारले विघटनको प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यस विषयमा आपत्ति जनाएका छन् । 

यसै विषयमा छलफल गर्न नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटवार्ता गर्दै छन् । 

वरिष्ठ नेता पौडेलले सोमवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई सोमवार नै भेट्न खोजेका थिए । तर, समय नपाएपछि प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम स्थगित भएको थियो । 

त्यस्तै नेता पौडेलले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेर निर्णय सच्याउन आग्रह गर्ने र निर्णय नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?