कर्मचारी समायोजनका लागि फारम भर्ने आज अन्तिम दिन

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न कर्मचारीलाई दिइएको अनलाइन फारम दर्ता गर्ने समयावधि आजबाट सकिँदैछ ।

आज (बुधवार) मध्यरातीसम्म अनलाइन फारम भर्नाका लागि समय रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले २१ दिनको समय सीमासहित गत पुस ११ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

मंगलवार साँझसम्म ७३ हजार ३ सय ३० कर्मचारीले समायोजनमा जान आफ्नो नाम दर्ता गराएका छन् । ती मध्ये ६२ हजार ४६ जनाको नाम दर्ता भइसकेको र बाँकी ११ हजार २ सय ८३ जनाको नाम प्रक्रियामा रहेको समायोजन महाशाखा प्रमुख केदार पनेरुले जानकारी दिए ।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । 

समायोजन प्रक्रियालगत्तै अपुग कर्मचारीका लागि दरबन्दी खोल्ने मन्त्रालयको तयारी रहेको मन्त्री लालबाबु पण्डितले बताए ।

मन्त्रालयको दरबन्दी अनुसार तीनै तहमा गरी कुल १ लाख ३८ हजार १ सय ७८ कर्मचारी आवश्यक पर्छ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?