डा. केसीको मुटुको चाल अनियमित, कुनैबेला पनि जटिल समस्या निम्तन सक्छ : चिकित्सक

इलाम । गत पुस २५ गतेदेखि १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको छ । 

डा. केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई इलाम जिल्ला अस्पताल सारिएको थियो । 

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारत चिकित्सकहरुले बताएका छन् ।

उपचारमा सङ्लग्न चिकित्सकका अनुसार डा. केसीलाई तत्काल आईसियू र सिसियूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् । 

डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भइसकेकाले रोगसँग लड्ने क्षमता कम हुँदै गएको चिकित्सकहरु बताउँछन् । 

उनको छातीमा संक्रमण भएको छ । मुटुको चाल अनियमित छ । चिसो मौसमले गर्दा स्वास्थ्य अवस्था अझै बिग्रन सक्ने चिकित्सकको भनाइ छ । 

मङ्गलबारबाट एन्टिबायोटीक चलाइए पनि बुधवार बिहानको स्वास्थ्य रिर्पाेटमा थप जटिलता नआएपनि रिक्सभन्दा बाहिर नभएको चिकित्सकले बताए ।

डा. केसीको मुटुको चाल अनियन्त्रित भएका कारण कुनैबेला पनि जटिल समस्या निम्तने सक्ने हुँदा तत्काल केसीलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?