प्रदेश २ का आर्थिक मामिला मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग

जनकपुर । नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ ।

बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी दुवैले मन्त्री यादवलाई बर्खास्त गर्नु पर्ने माग गरेका हुन् । 

मन्त्री यादवले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्नु आपराधिक घटना भएको केन्द्रीय सदस्य जोशीले बताए । 

उनले भने, ‘यो कार्य विधिको शासनको विपरीत हो, अनि समाजमा भय त्रास सृजना गर्ने काम हो । यस्तो मन्त्रीमाथि कारबाही हुनुपर्छ ।’ 

कांग्रेस धनुषाका सभापति गिरीले राष्ट्र सेवक कर्मचारीहरुले थालेको आन्दोलनमा पार्टीको ऐक्यवद्धता रहेको बताउँदै यस विषयमा पार्टीको आधिकारिक धारणा बनाउन बुधवार जिल्ला कमिटीको बैठक बोलाइएको जानकारी समेत दिए । 

गत पुस २० गते प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?