प्रहरीले बर्दियामा गोली चलायो

काठमाडौं । बर्दियामा प्रहरीले गोली चलाएको छ । 

बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्या भएको थियो । 

ठकुरीको हत्याका आरोपीलाई समात्न प्रहरीले गोली चलाएर हो । पक्राउ पर्नेमा युवराज गिरी रहेका छन् ।

उक्त घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका शाहीबाट घटनामा गिरीको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो । 

त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीले उनलाई बर्दियामा भेटेको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

त्यस्तै प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले गिरीको खुट्टामा गोली लागेको बताए । 

उनले भने पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमक गरेपछि गोली चलाउने परेको बताए । 

खुट्टामा गोली लागेको उनको अवस्था सामान्य रहेको प्रमुख डीआईजी अधिकारीले बताए । 

गिरीलाई उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?