बम्जनविरुद्ध पाँचौं उजुरी, हलखोरियाको आश्रमबाट रिता हराइन्

काठमाडौं । तपस्पी रामबहादुर बम्जनविरुद्ध प्रहरीमा पाँचौ जाहेरी परेको छ । 

बम्जनको आश्रमबाट सर्लाहीको बागमती १२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता पारेको भन्दै परिवारले बम्जनको नाममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । 

प्रहरी प्रमुख एसपी पोषराज पोखरेलका अनुसार २०६६ सालमा गढीमाई मेलामा गएदेखि रिता बेपत्ता भएको जाहेरीमा उल्लेख छ । जाहेरी रिताकी आमा सुम्नीले दिएकी हुन् । 

बेपत्ता हुनुभन्दा अघि रिता बाराको हलखोरियास्थित बम्जन आश्रममा बसेको परिवारले बताए । 

बेपत्ता रिताको खोजतलास शुरु गरेको एसपी पोखरेलले बताए । 

यसअघि बम्जनको आश्रमबाट दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

त्यस्तै प्रहरीले यसअघि सिन्धुपाल्चोक र सिन्धुलीस्थित बम्जन आश्रममा छापा मारेको थियो । 

त्यहाँ केही शंकास्पद वस्तुहरु फेला परेको प्रहरीको दाबी छ । 

नुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बमजन आश्रममा छापा मारेको थियो । त्यहाँ केही शंकास्पद सबुदहरु फेला परेको प्रहरी दाबी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?