श्रीमतीलाई जवरजस्ती करण गरेको अभियोगम श्रीमान जेल चलान

ताप्लेजुङ । श्रीमतीलाई जवरजस्ती करण गरेको अभियोगमा एक युवक पुर्पक्षका लागि कारागार चलान भएको छ । 

आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले गत पुस ४ गते युवकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका २० वर्षीय युवक छन् । 

जिल्ला अदालत ताप्लेजुङको आदेशमा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरेको थियो । 

श्रीमतीको उजुरीपछि अर्कै गाउँपालिकामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?