प्रधानमन्त्री ओलीका मतदाता भन्छन: न्याय नपाए काठमाडौँमै अनसन बस्छौँ

काठमाडौं । सुरक्षाको माग गर्दै काठमाडौ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो माग उपर सुनुवाइ नभएको र १० दिन पर्खदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौँमै रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दै उनीहरुले मुआब्जा दिनुको साटो मोवाइलबाट ज्याने मार्ने धम्की आएको गुनासो गरेका छन ।

औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताए ।

‘हामी बिकास विरोधी होइनौं, उद्योग स्थापना भएर बिकास होस् भन्ने चाहना हो तर हाम्रो खाइ जिविकाको बाटो नै बन्द भएमा चुप बस्दैनौं’ उनले भने–दमकमा धेरै कार्यक्रम ग¥यौं, हाम्रो आवाज सुनिएन र केही नलागेपछि काठमाडौंमै आएका हौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?