सुख्खा बन्दरगाह निर्माणको विरोधमा चोभारका स्थानीयहरुको प्रदर्शन

काठमाडौं । चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । 

राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । 

स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिवद्धता विपरित बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको स्थानीयको भनाई छ ।

स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन यस अघि पनि भएका थिए ।

प्रहरी हस्तक्षेपका बीच स्थानीयको आन्दोलन जारी राखेका छन् ।  चोभार क्षेत्रमा अहिले सुरक्षाकर्मीहरु थप गरि सुरक्षा व्यवस्था कडा गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?