राजदूत लक्की शेर्पा अष्ट्रेलिया फर्किइन्

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अष्टे«लिया फर्किएकी छन् । 

उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएको थियो । 

एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत शेर्पा अष्ट्रेलिया फर्किएकी हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल गरेकी थिइन् । परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेपछि उनी मंगलबार अष्ट्रेलिया फर्किएकी हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले उनीबारे छिट्टै निर्णय हुने बताए पनि पछिल्लो भेटघाटको विषयबारे स्पष्ट नभएको परराष्ट्र स्रोतले जानकारी दिए । 

तर, राजदूत शेर्पा काममा फर्केकी हुन् या होइन् त्यो भने कुनै स्पष्ट पारिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?