पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पानी जाहाज सञ्चालन गर्न ‘नेपाल पानी जहाज कार्यालय’ स्थापना गर्ने भएकोे छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले पानी जहाज कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो ।

बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कार्यलयको सञ्चालन राजपत्राङ्कित तृतिय श्रेणी (अधिकृत) तहका कर्मचारीको नेतृत्वमा १५ जना कर्मचारी रहने जानकारी दिए । 

त्यस्तै मन्त्रिपरिषदले आगामी चैत्र १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले शिशिर कुमार ढुङ्गानालाई कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै पाल्पा र दैलेखको ग्यास अन्वेषण गर्ने निर्णय पनि गरेको छ । 

सोही दिनको बैठकले प्रहरी नियामावली २०७५ स्वीकृत गरेको छ । यो नियमावली स्वीकृत भएसँगै प्रहरीलाई बढुवा हुन ४ वर्षे सेवा घट्दै ३ वर्ष कायम भएको छ । सरकारले सुर्खेतको वीरेन्द्रनगरमा शितभण्डार निर्माण गर्न स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ  ।  

सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?