सीजीको पक्षमा भएको अन्तरिम आदेश त्रुटिपूर्ण : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालते सीजी टेलिकमको पक्षमा गरेको आन्तरिम आदेश त्रुटिपूर्ण भएको भन्दै खारेजीको निर्णय गरेको छ । 

गत पुस १० गते सर्वोच्च अदालतले सीजी टेलिकमको पक्षमा जारी भएको अन्तरिम आदेश त्रुतिपूर्ण  ठहर गर्दै खाजेजीको निर्णय सुनाएको हो । 

बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको इजलासले यसअघि जारी भएको आदेश त्रुटिपूर्ण भएको भन्दै खारेज गर्ने निर्णय सुनाएको थियो । 

नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले गत पुस २४ गते सर्वोच्चमा भ्याकेटको निवेदन दायर गरेका थिए । 

त्यस्तै गत मंगलवार दुवै पक्षलाई छलफलको लागि बोलाएर हेर्दा हेर्दैमा सकिएको टेलिकमको फ्रेक्विन्सी लिलामी सम्बन्धी मुद्दामा सर्वोच्चले यस अघि दिएको अन्तरिम आदेश बदर गरेको हो ।

निवेदनमा सीजी टेलिकमलाई रोक्नुको कारण के हो भन्ने विषयमा आफ्नो कुरा समेत राख्न नपाएको र एकतर्फी रुपमा अन्तरिम आदेश जारी भएकाले खारेज गर्नुपर्ने प्राधिकरणले गरेको थियो । 

सर्वोच्चले गत पुस १० गते उद्योगपति विनोद चौधरी स्वामित्वको सीजी कम्युनिकेसन प्रालि लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर, न्यायाधीश दीपकराज जोशीको एकल इजलासले दिएको सो आदेश खारेजीका लागि प्राधिकरणले भ्याकेटको निवेदन दिएको हो । 

प्राधिकरणका अनुसार सीजीले गलत तथ्य पेस गर्दै सर्वोच्चको एकल इजलासबाट अन्तरिम आदेश जारी गराएको दाबी गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?