पर्खाल भत्किदाँ च्यापिएर २ जनाको मृत्यु

काभ्रे । पाँचखाल नगरपालिका ७ श्रीराम पार्टी वीर हनुमान ईंट्टाभट्टामा बनाइएको अन्दाजी १० फिट अग्लो पर्खाल भत्किदाँ सोही पर्खालले च्यापिएर ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका–३ बस्ने नबिन बिकको अन्दाजी ११ महिनाको छोरा र रोल्पा गंगादेव गाउँपालिका–१ बस्ने ज्ञान परियारको ३ वर्षीया छोरी जेनिसा परियारको मृत्यु भएको छ । 

पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै पर्खालले च्यापिएर घाइते भएका ईंट्टाभट्टामा काम गर्ने रोल्पा मारी गाउँपालिका(३ बस्ने बाबु राम घर्तीको ३ वर्षीया छोरी झरना घर्ती समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?