सरकारले निर्धारण गरेको मर्यादाक्रम पुनः हेरफेर हुने

काठमाडौं । सरकारले गत वर्ष निर्धारण गरेको मर्यादाक्रमलाई पुनः हेरफेर गर्ने भएको छ । 

मर्यादाक्रमको सम्बन्धमा निर्वाचन आयोगमा गत माघ ४ गते बसेको पूर्ण बैठकले सो मर्यादाक्रमलाई संशोधन गर्ने निर्णय गरेको हो ।

शुक्रवार दिउँसो निर्वाचन आयोगको निमित्त सचिव एवं प्रवक्ता शंकर प्रसाद खरेलद्वारा हस्ताक्षरीत विज्ञप्तिमा नेपाल सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको नयाँमर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्ष भएको बताइएको छ । 

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको नयाँ मर्यादाक्रमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदयि सुनुवाई समितिबाट अनुमोदन भई सम्माननीय राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम कार्यकारी निर्ण एवं सिफारिसका आधारमा नियुक्त हुने नेपाल सरकारका कर्मचारीहरुभन्दा धेरै तल राखिनुे संवैधानिक पदहरुको अपमान मात्र हुने नभइ समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने आयोगले ठहर गरेको छ ।’

त्यस्तै सरकारले हालै निर्धाण गरेको मर्यादाक्रममा संवैधानिक पदाधिकारीहरुको नियुक्र प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनहरुलाई आधार मान्नु पर्नेमा उपरोक्त आधार र मापदण्डलाई बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मर्यादाक्रम निर्धारण गर्दा संवैधानिक पदाधिकारीहरुको नियुक्ति प्रक्रिया, संघीय संरचनामा संवैधानिक निकायको भूमिका तथा कार्यक्षेत्र, अन्तर्राष्ट्रिय प्रचलन र परम्परा एवं प्रचलित कानूनहरुलाएै आधार मान्नु पर्नेमा सरकारले हालै निर्धारण गरेको मर्यालाक्रममा उपरोक्त आधारहरु र मापदण्डलाई बेवास्ता गरेकोप्रपत अन्य निकायहरुबाट समेत असन्तुष्टि व्यक्त भएको छ । तसर्थ हालै मात्र सरकारले हेरफेर गरी निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पालधिकारीहरुको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यालदाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?