दुनियाँमा दिनभर के-के भए ? लोकपथमा एक क्लिक, थाहा पाउनुहोस् ट्रेन्डिङमा रहेका १८ समाचार

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ ५ गते शनिवार देश विदेशमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र थाहा पाउनुहोस् ५ मिनेटमा देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।

अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस्:-

१. प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका :– प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आज स्वीट्जरल्याण्डको डावोस जाँदै छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन् ।

२. मेक्सिकोमा इन्धनको पाइपलाइनमा विस्फोट: मृत्यु हुनेको संख्या ७३ पुग्यो :– मेक्सिकोमा इन्धनको पाइपलाइनमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिवार इन्धनको पाइपलाइन भएको थियो । उक्त बिस्फोटमा ७४ जना घाइते भएका छन् । घमइते भएका मध्य केहीको अवस्था गम्भीर रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

३. नेकपा अध्यक्ष प्रचण्डपत्नी अस्पताल भर्ना :– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरोले गस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

४. इंग्लिस प्रिमियर लिगः उपाधि होडमा रहेको लिभरपुलको कठिन जीत :– इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उपाधि होडमा रहेको लिभरपुलले कठिन जीत निकालेको छ । एनफिल्डमा शनिवार राति सम्पन्न भएको २३ औँ चरणको खेलमा लिभरपुलले लिगको १४ औँ स्थानमा रहेको क्रिस्टल प्यालेसलाई ४–३ गोल अन्तरले पराजित गर्यो । लिभरपुलको जीतमा मोहम्मद सलाहले दुई गोल गरे ।

५. प्रदेश कमिटी हेरफेरको प्रस्तावमा अल्झियो कार्यदल, एकतालाई पूर्णता दिन अझै समय लाग्ने :– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकताले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन गठित ९ सदस्यीय कार्यदल नै अलमलमा परेपछि एकतालाई पूर्णता दिन समय लाग्ने देखिएको हो । पुस १२ गते सम्पन्न स्थायी कमिटी बैठकले एकता टुंग्याउन कार्यदल गठन गरेको थियो । कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो ।

६. प्रदेश ५ गाडी खरिद प्रकरणः विपक्षी दलका दुई नेताले प्रदेशसभा सचिवालयमा बुझाए गाडी :– देश ५ का विपक्षी दलका दुई नेताले आफू चढ्दै आएका गाडी प्रदेशसभा सचिवालयमा फिर्ता गरेका छन् । प्रदेशसभा र सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको सूचनाका आधारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेश शर्मा पोखरेल र सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले आफू चढ्दै आएका गाडीहरू प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।

७. राजपा अध्यक्ष मण्डलको संयोजकमा महेन्द्रराय यादव :– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवले सम्हाल्दै छन् ।  महाधिवेशन अघि चक्रिय प्रणालीबाट नेतृत्व सम्हाल्ने सहमति अनुरुप संयोजकको जिम्मेवारी आज (आइतवार)बाट यादवले सम्हाल्ने भएका हुन् ।

८. डा. केसीको माग सम्बोधनप्रति सरकारको बेवास्ता, डक्टर्स एशोसिएसनद्वारा आन्दोलनको चेतावनी :– इलामबाट १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको माग सम्बोधनप्रति सरकार गम्भीर नभएको उनका समर्थकहरुले बताएका छन् । डा. केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै गत पुस २५ गते इलामबाट अनुसन शुरु गरेका थिए । अनसनको १२ औँ दिनसम्म पनि सरकारी पक्षबाट डा. केसीको अनसन तोडाउने कुनैपनि पहल नभएको उनका समर्थकहरुले जनाएका हुन् ।

९. ग्राण्डस्लाम च्याम्पियन कारबेरको खराब प्रर्दशन, डेब्यु प्रतियोगितामा कोलिन्स प्रि क्वाटरफाइनलमा प्रवेश :– ग्राण्डस्लाम विजेता जर्मनीकी एन्जलीक्यु कारबेर जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएकी छिन् । आइतवार भएको महिला एकलतर्फको चौथो चरणको खेलमा कारबेर विश्व नम्बर ३५ ड्यानियल कोलिन्ससँग २–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

१०. कुटाइ खाने सचिवले मध्य रातमा लेखे फेसबुक स्टाटस, ’मन्त्रीजी मलाई पिटेरै शानसँग हिड्नु भएको छ’ :– प्रदेश २ का वन तथा वातावरण सचिव विद्यानाथ झाले चारैतिर दौड्दा पनि आफूले न्याय नपाएको बताएका छन् । सचिव झाले शनिवार राति १२ बजे ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाएको र शक्तिको अडागी निरिह बन्दै गएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

११. नेपालको गलत नक्सा प्रकाशन र प्रयोग गरे २० हजार जरिवाना :– नेपालको गलत नक्सा प्रकाशन तथा प्रयोग गरे कानूनी कारबाही हुने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै नापी विभागले कुनैपनि सञ्चारमध्यमले नेपालको गलत नक्सा प्रकाशन तथा प्रयोग गरे २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने बताएको छ ।

१२. व्यक्तिको मञ्जुरीबिना जथाभावी इमेल पठाए एक लाख जरिवाना :– कसैको मञ्जुरी बिना मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुुहुन्छ? यदि यसो गर्दै हुनुहुन्छ भने होसियार हुनुस् । सरकारले विज्ञापन नियमनसम्बन्धी ल्याउन लागेको नयाँ विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीबिना इमेल वा मोबाइलमा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ । सरकारले उक्त विधेयक संसदमा दर्ता गराएको छ ।

१३. सदस्य सचिव विष्टले भने, ‘आठौँ राष्ट्रिय खेलकुद फागुन अन्तिम साताबाट शुरु गछौँ’:– आगामी फागुन २५ गतेदेखि आठौँ राष्ट्रिय खेलकुद प्रतियागिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले प्रतियोगिता फागुनको अन्तिम साताबाट शुरु हुने बताएका हुन् ।  उनले आठौँ खेलकुद प्रति देखिएको अन्योल समाप्त भएको समेत जानकारी दिए ।

१४. रामेछापको मन्थलीमा बस दुर्घटना : एकको मृत्यु, २५ घाइते :– रामेछापको मन्थलीमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ४ ख ४२१० नम्बरको बस आइतवार दिउँसो मन्थली–१ मच्छेडाँडीमा दुर्घटना भएको हो ।

१५. ह्यात होटलमा सरकारी सम्पत्ति हिनामिना :- संसदीय समिति र अख्तियारको छानबिनः–राजधानीमा रहेको ह्यात होटलमा सरकारी सम्पत्ति हिनामिना भएको विषयलाई लिएर संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सँगैसँगै छानबिन शुरु गरेको छ । सार्वजनिक लेखा समितिले मात्रै छानविन गरेको उक्त प्रकरणमा अहिले अख्तियार अनुसन्धान आयोगले छानबिन शुरु गरेको हो । आयोगले छानविन गरेर विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेको बताएको छ ।

१६. खेलाडीहरु मानसिक रुपमा फिट नहुँदा उपाधि जित्नबाट बञ्चितः प्रशिक्षक दाश :–नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक विनोद दाशले थाइल्याण्डमा सम्पन्न भएको टी–ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिताले खेलाडीहरुको मनाबेल उच्च बनाउन मदत गरेको बताएका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रशिक्षक दाशले उक्त टी(ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगिताले आउँदो प्रतियोगिताको लागि थप सहयोग गरेको जानकारी दिएका हुन् ।

१७. बुबाको गिफ्टले फेरिएको अजय देशारको सफलताको कथा, चित्रकार बन्न पुलमुनिसम्म सुते :– बुवाले हातमा हल्लाउँदै एउटा ब्रस देखाउँदै छोरालाई भने यो एउटा सानो ब्रस मैले बाटोमा भेट्टाएको । यो ब्रस तिम्रो जीवन परिवर्तन गर्ने कडी बनोस् ।” बुबाले दिनु भएको त्यो सानो उपहारलाई छोराले हाँसेर स्वीकार गरे । त्यसैले उनको जीवन सधैको लागि परिर्वतन गर्यो ।

१८. मेलम्ची खानेपानी आयोजनाः इटालियन कम्पनीसँगको सम्झौता रद्द :– सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ । सरकारले ठेकेदार पक्षलाई सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?